बाल अस्पतालमा आगलागी, चारजनाको मृत्यु

हेल्थपोस्ट नेपाल

भारतको मध्य प्रदेशको राजधानी भोपलास्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ४ बालबालिकाको मृत्यु भएको छ। भोपालस्थित कमला नेहरु चिल्ड्रेन हस्पिटलमा सोमबार राति आगलागी भएको थियो।

राज्यका स्वास्थ्य मन्त्री विश्वास सारंगले यसको पुष्टि गर्दै विद्युत सर्किट सर्ट हुँदा आगलागी भएको बताए। उनले स्पेशल न्युबर्न केयर युनिटमा भर्ना भएका चार बालबालिकाको मृत्यु भएको बताए।

अस्पतालका एक कर्मचारीका अनुसार तेस्रो तलाबाट आगलाली सुरु भएको थियो। जहाँ थुप्रै आइसियु कक्ष रहेका छन्। उक्त तलामा रहेका वार्डमा ४० बालबालिका भर्ना भएका थिए जसमध्ये ३६ जनाको सुरक्षित साथ उद्धार गरिएको छ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनामा दु:ख व्यक्त गर्दै छानविनका लागि आग्रह गरेका छन्। मृतक बालबालिकाका परिवारलाई ४-४ लाख भारतीय रुपैयाँ सहयोग प्रदान गरिने सारंगले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *