देशभर ७ हजार ६५४ सक्रिय संक्रमित, ५ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार २६ नमुना परीक्षण गर्दा ३९० जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा ४३५ संक्रमित संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ। मन्त्रालयले संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९ लाख ९ हजार ७६५ पुगेको छ जसमध्ये ७ लाख ९५ हजार ८२२ संक्रमणमुक्त भएका छन्। हालसम्म ११ हजार ४५३ संक्रमितको मृत्यु भइसकेको छ।

हाल देशभर ७ हजार ६५४ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७ हजार ९४ होम आइसोलेसनमा रहेका छन् भने ५६० संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। १८७ संक्रमितको आइसियु र ४३ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *