के हो मस्कुलर डिस्ट्रोफी?

हेल्थपोस्ट नेपाल

मस्कुलर डिस्ट्रोफी मानव शरीरमा रहेका जिनबाट देखापर्ने विकृतीको समूह हो।

मस्कुलर डिस्ट्रोफी रोगका कारणले मांशपेशीसहरू क्रमशः कमजोर बन्दै गएर केही समयपछि पुर्णरुपमा काम गर्नै नसक्ने अवस्थामा पुग्छ।
यो विकृतिको ठूलो समूह (मायोपैथी) भित्र निहित एक अंश हो। ‘यो रोगमा सुरूमा मांशपेशी नियन्त्रण गर्ने रक्तसञ्चार, स्नायु र हड्डीजस्ता तत्वबाहेक मांशपेशीमा मात्र देखापर्ने विकृति हो।

मांशपेशीसँग सम्बन्धित अंगहरू फोक्सो, मुटुको काममा असर गरेर विरामी कमजोर हँुदै मानिसको मृत्यु समेत हुन्छ। यस्ता बिरामीको निमोनिया, अन्य श्वासप्रश्वास र मुटुसम्बन्धी रोगहरू मृत्युको कारण बन्छ। तर, मस्कुलर डिस्ट्रोफी भएका बिरामीको मतिष्क स्वास्थ र प्रवल हुन्छ।

जीनबाट देखापर्ने विकृतिको समूहले सुक्ष्म परिवर्तन ल्याएपछि यसले मांशपेशीलाई क्षीण र कमजोर बनाएर मानिसलाई लक्षण सुरू भएको केही वर्षभित्रै अपाङ्ग बनाउँछ।

गम्भीर प्रकारका मस्कुलर डिस्ट्रोफीको लक्षण तीन/चार वर्षको उमेरबाट सुरू हुने गर्छ। त्यस्तो अवस्थमा बाचुन्जेल फिजियोथेरापी र अन्य रोगका लागि समेत विशेष हेरचाह चाहिन्छ।

लक्षण देखापरेको एकदेखि दुई दशकभित्र मृत्यु गराउँने यो रोग उपचार हालसम्म संभव नभएकोले फिजियोथारापी र अन्य संक्रमणको उपचारबाट जीवनयापनलाई सहज पार्न मात्रै सकिन्छ।

यो रोगले मांशपेशीमा असर पु¥याउँने भएकोले शारीरिक रूपमा मानिस अशक्त भएपनि मानसिक रुपमा रोगले कुनै फरक पार्दैन् ।
मस्कुलर डिस्टोफीका धेरै प्रकार मध्ये प्रमुख तीनले यस्तो पुनस्थापना र हेरचाह गर्नुपर्ने अवस्थामा पु¥याउँछ। जसमा डुचेन, बेकर र लिमगडर छन् ।

सबैको कारण विकृत तथा अपरिपक्व प्रोटिन चेन बन्द संकेतको कारणले हो।

बंशाणुगत कारण एउटै भएपनि बेकर कम डरलाग्दो हुन्छ।

डुचेन दुईदेखि तीन वर्षमा सुरू हुने, १२ वर्षतिर ह्वीचियरमा र २० देखि २५ वर्षमा मृत्यु नै गराउँछ। बेकर ८ देखि १० वर्षमा सुरू भएर राम्रो फिजियोथेरापी र हेरचाह पाएमा ४० वर्षसम्म पनि बाच्नसक्छ ।

लिमगाडरको सुरूवात २० देखि ३० वर्षको उमेरमा मात्रै हुन्छ। यसले कम्मर, काँधको मांशपेशीमा बढी असर पु¥याउँछ । हिडडुल एवं उठवसमा कठिनाई हुने भएपछि विभिन्न प्रकारका जाँचबाट रोग परिचाहन गर्न सकिन्छ।

 

लक्षण

शारीरिक रुपमा कमजोर हुनु

मांशपेशी कमजोर

हिडडुल गर्न कठिन

सन्तुलनमा गडबढी

श्वासप्रश्वासमा समस्या

‘मस्कुलर डिस्ट्रोफी’ले खुम्च्याएका ललिताका सपना



Leave a Reply

Your email address will not be published. Required fields are marked *