थपिए १४३ कोरोना संक्रमित, ९ को मृत्यु

गत २४ घण्टामा १४३ नयाँ कोरोना संक्रमित थपिएका छन्।
१९८० पिसिआर र ३४३ जनामा एन्टिजेन गरी जम्मा २३३३ जनामा कोरोना परीक्षण गर्दा १४३ जनामा संक्रमण पुष्टि भएको हो।
आज ५६३ जना कोरोना मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै देशभर ११ हजार ४४८ जनाको हालसम्म मृत्यु भइसकेको छ।
देशभर ७७१३ सक्रिय संक्रमित रहेका छन्।