कोभिड वार्डमा आगो लागेर ११ को मृत्यु

हेल्थपोस्ट नेपाल

कोभिड वार्डमा आगो लागेर भारतको महाराष्ट्रमा ११ विरामीको मृत्यु भएको छ।

भारतीय मिडियाका अनुसार उक्त वार्डमा १७ जना कोरोना संक्रमित थिए। बाँकी रहेका अन्य कोरोना संक्रमितलाई अन्य अस्पतालमा सारिएको जिल्ला मेजिस्ट्रेट राजेन्द्र भोस्लेले बताएका हुन्।

आगो नियन्त्रणमा आए पनि हालसम्म पनि आगो कसरी लाग्यो भन्ने पत्ता नलागेको उनले बताए।

भारतमा यो भन्दा पहिले पनि अस्पतालमा आगो लागेको थियो। कोरोना महामारी ब्यापक रुपमा फैलिरहको समयमा पनि आगो लागेर १६ जनाको मृत्यु भएको थियो।

त्यस्तै, पटेल वेल्फेर अस्पतादमा आगो लागेर दुई स्वास्थ्य कर्मचारीको पनि मृत्यु भएको थियो।

मुम्बाई स्थित एक अस्पतालको आईसियुमा आगो लागेर १३ जनाको मृत्यु भएको तथ्याङकले देखाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *