न्यूजिल्याण्डमा इच्छामृत्यु कानुन लागू

हेल्थपोस्ट नेपाल

न्यूजील्याण्डमा इच्छामृत्युको कानुन लागू भएको छ। आइतबार बिहानदेखि सरकारले यो कानुनलाई मान्यता दिएको छ। प्रधानमन्त्री जेसिन्डा आर्डर्नसहित यो कानुनलाई विपक्षीहरूले पनि समर्थन गर्दै आएका थिए।

स्विटरजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अष्ट्रेलिया तथा कोलम्बियालगायतका देशहरूमा यसअघि नै इच्छामृत्युको कानुन लागू भइसकेको छ।

यी देशहरुको त्यो कानुनमा मर्नका लागि सहयोग गर्नेदेखि लिएर विभिन्न शर्तहरू लागू छ।

न्यूजिल्याण्डमा यो कानुनअनुसार इच्छा मृत्युका लागि एउटा त्यस्तो बिरामी जसका कारण उसको जीवन कम्तीमा छ महिनामात्रै बाँच्न सक्छ त्यसलाई चिकित्सकले प्रमाणित गर्नुपर्नेहुन्छ। चिकित्सकको अनुमतिमा मात्रै त्यस्ता बिरामीहरूले इच्छामृत्यु वरण गर्न सक्छन्।

हालैमात्र न्यूजिल्याण्डले इच्छामृत्युको कानुनका लागि जनमत संग्रह गरेको थियो, जसमा ६५ प्रतिशतभन्दा धेरै भोट यही कानुनको पक्षमा आएको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *