थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, १९६ आइसियुमा

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ९३२ नमुना परीक्षणमा १३९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै सोही समयमा एक संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने ३९६ जना निको भएका छन्।
हाल देशभर ८ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा र ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन्। १९६ संक्रमितको आइसियु र ५० को भेन्टिलेटरमा उपचार भइरहेको छ।