भारतको एक सरकारी अस्पतालमा आगलागी, १० कोरोना संक्रमितको जलेर मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतको महाराष्ट्रस्थित अहमदनगरमा रहेको सरकारी अस्पतालमा भिषण आगलागी भएको छ। आगलागीका कारण जलेर १० कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। अहमदनगरका कलेक्टर राजेन्द्र भोसलेले घटनाको पुष्टि गर्दै ६ बिरामी जलेर घाइत‍े भएका बताए।

कोरोना वार्डमा कुल २५ बिरामी भर्ना भएका थिए जसमध्ये १० को मृत्यु भएको छ भने ६ घाइते छन्। एसीमा सर्किट सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। अस्पतालमा भर्खरै बनेको कोरोना वार्डबाट आगलागी सुरु भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *