थप १८३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ८ हजार ४१३

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ४ हजार ८४४ नमुना परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन्।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ९३ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ। हालसम्म ७ लाख ९४ हजार ४३८ संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ रहेको छ। जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन्। २०० जना आइसियु र ५५ जना भेन्टिलेटरमा उपचाररत छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *