एउटा यस्तो ‘मौन रोग’, जसले बढी पिरोल्छ महिलाहरुलाई

हेल्थपोस्ट नेपाल

प्रजनन उमेरका महिलाहरुलाई उनीहरुको शरीरमा भएका विशेष हर्मोनले प्राकृतिक रुपमा धेरै समस्याबाट बचाएका हुन्छन्। तीमध्ये मुटुको रोग र हाडको समस्या प्रमुख हुन्। ३५ वर्षको उमेर काटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ। जसका कारण हाडहरुको घनत्व पनि कम हुँदै जान्छ। यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै कुनै समस्या देखिँदैन। तर ४५–५० वर्षकी महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा कतै सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ।

यस्तो रोगलाई अस्टिओपोरोसिस भनिन्छ। हाडको यो रोग लागेका बेला प्रायः नाडी, पुठ्ठा र मेरुदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ। योसमस्याबाहेक यस रोगको कारणले शरीर पनि कुप्रो हु“दै जान्छ र दैनिक क्रियाकलाप गर्न पनि गाह्रो हुन्छ। नदेखिनेगरी हाडको घनत्व कम हु“दै हात कमजोर हुने तथा यो रोग लागिसकेपछि पनि लामो समयसम्म थाहा नहुने भएकाले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजीज) भनेर पनि भनिन्छ। किनभने धेरैजसो कतै लडेर हाड भाँचिएपछि एक्सरे गराउँदा मात्र यो रोग लागेको थाहा हुन्छ।

चिकित्सा विज्ञानले निकालेको निष्कर्षअनुसार एस्ट्रोजेनबाहेक अन्य तत्वहरुले पनि यो रोग लाग्नुमा भूमिका खेल्छन्। मानिसको शरीरमा भएका हाडहरु कोषिका र हाडमासीबाट बनेका हुन्छन्। हाड बन्ने प्रक्रियामा क्याल्सियम र भिटामिन डीको ठूलो भूमिका हुन्छ। रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा लगातार मद्दत पुर्‍याइरहेको हुन्छ। रगतमा क्याल्सियम कम भयो भने हाडमा भएको क्याल्सियम पनि कम हुन्छ र हाड कमजोर हुनजान्छ।

दैनिक रुपमा शाकाहारीलाई ८०० मिलीग्राम र मांसाहारीलाई १२०० मिलीग्राम क्याल्सियम चाहिन्छ। मानिसको शरीरमा आन्तरिक प्रक्रियाका निम्ति पनि क्याल्सियम जरुरी पर्छ। वयस्क मानिसको शरीरलाई दिनभरिका लागि पुग्ने क्याल्सियम चार कप दूध तथा तीन–चार कप दही वा तीन कप भटमासमा पाउन सकिन्छ।

मौन रोगबाट बँच्न क्याल्सियमका साथै अत्यन्तै ध्यान दिनुपर्ने अर्को तत्व पनि छ। त्यो हो–भिटामिन डी। यसले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ। भिटामिन डी सूर्यको किरणमा पाइन्छ। भिटामिन डीले शरीरमा क्याल्सियमको शोषण राम्रोसँग गर्नमा मद्दत गर्छ। यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन डी शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हु“दै जानसक्छ। सूर्यको किरणका अतिरिक्त भिटामिन डीका अरु स्रोत अण्डा र माछा पनि हुन्।

हाडको घनत्व कम भएर लाग्ने अस्टिओपोरोसिसका सम्बन्धमा युरोपेली र अमेरिकाली महिलाहरुमा थुप्रै अध्ययन र अनुसन्धानहरु भएका छन्। त्यसैगरी छिमेकी मुलुक भारतमा भएको एक अनुसन्धानमा झण्डै ६ करोड जनता यस रोगबाट पीडित भएको तथ्य अगाडि आएको थियो। त्यसमा ७० प्रतिशत महिला थिए। महिला र पुरुष दुवैलाई हुने भए पनि महिलामा यो रोग बढी देखिएको छ। यसको प्रमुख कारण महिलाहरुको प्राकृतिक बनावट हो। महिलाहरुको हाडको घनत्व पुरुषहरुको भन्दा कम हुन्छ। महिलाहरु प्रजनन उमेरमा रहुन्जेल उनीहरुको शरीरमा रहेको हर्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ। तर जब महिनावारी सुक्ने समय नजिक आउँदै जान्छ, महिलाको शरीरमा हर्मोनहरु कम हुँदै जान्छन्। त्यस बेलामा हाडको घनत्व पनि कम हुँदै जान्छ।

पुरुषहरुलाई उनीहरुको शरीरमा रहेको टेस्टोस्टेरोन नामक हर्मोनले यस रोगबाट बचाउन मद्दत गर्छ। तर ५०–६५ वर्षको उमेरपछि पुरुषहरुको शरीरमा पनि यो समस्या देखा पर्न थाल्छ। यो रोग लाग्नुमा हर्मोनबाहेक अन्य कारण पनि छन्। शारीरिक परिश्रम बढी गर्ने महिलाहरुमा पनि यो समस्या धेरै देखिएको छ। त्यसैगरी अत्यन्तै दुब्ला तथा धूमपान धेरै गर्ने महिलामा पनि यो रोग धेरै देखिएको छ। नेपालमा यस रोगबाट प्रभावित भएका व्यक्तिहरुको सङ्ख्या कति छ भनेर आजसम्म अध्ययन भएको छैन। केवल भारतमा भएको अनुसन्धानलाई आधार मानेर नेपालमा पनि यस रोगबाट पीडितहरु धेरै हुनसक्ने अनुमान गरिएको छ। हर्मोन विशेषज्ञ उमा श्रीवास्तवका अनुसार ४० वर्षको उमेर नाघेका महिलाहरु ढाड दुख्ने समस्या लिएर ज“चाउन आउ“छन्, तीमध्ये झण्डै ७५ प्रतिशतलाई यस रोगले च्यापिसकेको हुन्छ।

नेपालको सन्दर्भमा यस रोगको एउटा प्रमुख कारण कुपोषण हुनसक्छ। नेपालको सुदूर पश्चिमका कतिपय ठाउ“हरुमा महिलाहरुलाई महिनावारी, गर्भवती र सुत्केरी अवस्थामा छँदा त्यहा“को परम्परागत अन्धविश्वासका कारण दूध र दहीजस्ता खाद्यवस्तुहरु प्रयोग गर्दा देवता रिसाउ“छन् भनेर खान दिइ“दैन। जबकि यस्तो बेलामा पोषणयुक्त र क्याल्सियमयुक्त भोजन चाहिन्छ। गर्भावस्थामा आमाको शरीरबाट विभिन्न भोज्य पदार्थ भ्रूणले लिन्छ। भ्रूणलाई बढ्न चाहिने क्याल्सियम आमाको रगतमा पुगेन भने भ्रूणले हाडमा रहेको क्याल्सियमबाट भोजन बनाएर लिन्छ। यसरी हाडमा रहेको क्याल्सियम भ्रुणले लिएपछि आमाको हाड कमजोर हुँँदै जान्छ। गाउ“घरमा महिलाहरुले धेरै बच्चा पाउने हुनाले ३५–४० वर्ष नपुग्दै महिलाको हाड कमजोर भइसक्छ।

यसरी गाउँघरमा अन्धविश्वासका कारण समस्याहरु पैदा भएका छन् भने सहरमा चाउचाउजस्ता विभिन्न प्रकारका पुरियाबन्द तयारी खाद्यपदार्थ तथा कोक, फ्यान्टा र पेप्सीजस्ता पेयपदार्थहरुको बढ्दो प्रयोगले समस्याहरु ल्याइरहेका छन्। यस्ता तयारी खाद्य पदार्थ र पेयहरुमा क्याल्सियम र लौहतत्व हुँदैनन् केवल नून र बोसोमात्र हुन्छन्। बढी नूनको प्रयोगले भोजनमा रहेको क्याल्सियमको पोषण कम गर्छ र पेयपदार्थहरुमा हुने क्याफिन नामक पदार्थले रगतबाट क्याल्सियम हटाउ“छ, जसले गर्दा हाडको घनत्व घटेर जान्छ। अनि रोगले आफ्नो ठाउँ बनाउन थाल्छ।

विदेशतिर महिलाहरुलाई कुनै खास उमेर पुगेपछि हाडको घनत्व जाँच गर्ने सल्लाह दिइन्छ। शरीरमा हाडको घनत्व कम देखिएमा हाडको घनत्व बढाउन अनेक किसिमका उपायहरु सिकाइन्छन्। तर नेपालका महिलाहरुमाझ यस्ता सुविधाहरु पुर्‍याउन हाल सम्भव छैन। त्यसैले रोग लाग्ने कारणहरुको जानकारी धेरै महिलाहरुको माझमा पुर्‍याएर सुरक्षात्मक उपायहरु अपनाउनु नै उपयुक्त हुन्छ। यसमा प्रमुख उपाय भोजनको विषयमा राम्रो जानकारी दिनु नै देखिन्छ।

भोजनको कुरा गर्दा रजोनिवृत्ति भइसकेका महिलादेखि किशोरीहरुसम्मका बारेमा पनि साथसाथै सोच्नुपर्छ। तीस वर्षको उमेरसम्म हाम्रो हाडको घनत्व पूर्णरुपले बनिसक्छ। त्यसमा ७० प्रतिशत हाडको घनत्व १८ वर्षको उमेरसम्ममा बन्छ र बा“की ३० प्रतिशत १२ वर्षको अवधिमा बन्ने प्रक्रिया हुन्छ। यसरी ३० वर्षको उमेरपछि हाडको घनत्व बन्ने प्रक्रियामा रोकिन्छ। यसैले किशोरावस्थामा खाएको भोजनले भविष्यमा हुने हाडका समस्याहरुलाई बचाउनमा महत्वपूर्ण भूमिका खेल्छ।

क्याल्सियम हाडका लागि बाहेक मुटुका लागि पनि निकै महत्वपूर्ण हुन्छ। मुटु खुम्चिने–फैलने कामका लागि क्याल्सियमको जरुरत पर्छ। शरीरका अन्य मांसपेशीका निम्ति पनि क्याल्सियमको जरुरत पर्छ। बाल्यावस्थादेखि नै भोजनको प्रयोगको सम्बन्धमा ध्यान पुर्‍याउने हो भने भविष्यमा आउनसक्ने धेरै समस्याहरुबाट तपाईं आफूलाई बचाउन सक्नुहुन्छ। रक्तअल्पताले पनि हाडलाई कमजोर द्धगराउने हुनाले किशोरवस्थादेखि रक्तअल्पताबाट बच्ने उपाय आफ्ना सन्तानलाई सिकाउनुहोस्।

यस मौन रोगको समस्याबाट आफू र आफ्ना परिवारका सदस्यहरुलाई टाढा राख्न तलका उपायहरु अपनाउनु पर्छ-

–चाउचाउ, चीजबलजस्ता तयारी खाद्यपदार्थहरु तथा कोक फ्यान्टाजस्ता पेयपदार्थहरुको कम प्रयोग गर्नुहोस्। आधुनिकताको नाममा प्रयोग गरिने ती चीजहरुले नोक्सान नै बढी गर्छन्।

–गर्भवती महिला र दूध ख्वाइरहेकी महिलालाई दिइने भोजनमा लौहतत्व र क्याल्सियमयुक्त होस् भनेर विशेष ध्यान दिनुपर्छ। पारम्परिक खानाहरु चाकू, सख्खर आदि भोजन क्याल्सियमयुक्त र लौहतत्वयुक्त हुन्छन्।

– मांसाहारी व्यक्तिहरुका निम्ति अण्डा लौहतत्वको एउटा राम्रो स्रोत हो। अण्डाको बाहिरी खोलमा पनि पर्याप्त मात्रामा क्याल्सियम रहेको हुन्छ। अण्डाको खोललाई मसिनो पारी पिसेर तरकारीको सूपमा हालेर खा“दा पनि पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ।

–गर्भवती र दूध ख्वाइरहेकी महिलाहरुले क्याल्सियम प्राप्त गर्नुको अर्थ हो – भविष्यको शिशुले पनि क्याल्सियम प्राप्त गरेर स्वस्थ रहनु।

– शाकाहारी व्यक्तिले दूध र दहीबाट क्याल्सियम पाउनुका साथै भटमास, बदाम र राजमा आदिबाट पनि पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन्।

– विभिन्न अध्ययन–अनुसन्धानले के देखाएका छन् भने हाडको घनत्वलाई बढाउन विभिन्न शारीरिक क्रियाकलाप, जस्तै हिंड्ने, दौड्ने, भर्‍याङ चढ्ने आदि क्रियाहरु निकै महत्वपूर्ण छन्। आधुनिकताको दौडमा कतै तपाईंले हिंड्नै छोड्नुभयो भने –तपाईंको हाड कमजोर हु“दै जान्छ।

– सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ। हामीलाई दैनिक ३५० युनिट भिटामिन डी जरुरत पर्छ। जुन हामी सहजैस“ग दिनको १५–२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौ“। घाममा बस्दा सूर्यको किरणले नाङ्गो छालामा छोएको हुनुपर्छ।

–भोजनबाट मात्र तपाईंको शरीरमा क्याल्सियम पूरा प्राप्त हुनसकेको छैन जस्तो डाक्टरलाई लागेमा तपाईंलाई क्याल्सियमको चक्की खाने सल्लाह दिन सक्छन्। यस्तो बेलामा तपाईं क्याल्सियमको चक्की खान सक्नुहुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *