आज ८ हजार ८९० सक्रिय संक्रमित, २१५ आइसियूमा

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३८४ नुमना परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुुष्टि भएको हो।

सोही अवधिमा भने ५१८ संक्रमणमुक्त भएका छन्। यो सँगे नेपालमा संक्रमणमुक्त हुने संख्या ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन्।

बिहिबार देशभर ८ हजार ८९० सक्रिय संक्रमित छन्। तीमध्ये ८ हजार २३३ होम आइसोलेसन र ६५७ संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा २ कोरोना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा ११ हजार४३६ जना संक्रमितको निधन भइसकेको छ।

मन्त्रालयको अनुसार आज देशभर ५७ भेन्टिलेटर सहित २१५ आइसियूमा छन्। आज देशभर ११८ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *