आज ९ हजार १२३ सक्रिय संक्रमित, २२३ जना आइसियूमा

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार ५७७ पिसिआर र ३३३६ एन्टिजेन मार्फत गरिएको नुमना परीक्षणमा ४४७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४३९ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन्।

बुधबार ७ संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमणबाट ११ हजार ४३४ जनाको निधन भइसकेको छ।

मन्त्रालयको अनुसार आज ९ हजार १२३ सक्रिय संक्रमित छन्। तीमध्ये ८ हजार ४३७ होम आइसोलेसन र ६८७ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार आज ५९ भेन्टिलेटर सहित २२३ जना संक्रमितको आइसियूमा राखेर उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ९७ हजार ७० जनाले कोरोना भाइरस विरुद्दको खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *