श्रीलङ्काले लुम्बिनीमा ३० सैयाको अस्पताल बनाउने

श्रीलङकाका राष्ट्रिपति गोटावाया राजापाक्षेले लुम्बिनीमा अस्पताल निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन्।
संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलनमा सहभागीता जनाउन पुगेका राजापाक्षेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै नेपाललाई शैक्षिक सहयोग गर्ने तथा लुम्बिनीमा अस्पताल निमांण गर्ने बताएका हुन्।
राजापाक्षेले श्रीलङ्काले लुम्बिनीमा ३० सैयाको अस्पताल बनाउने योजना सुनाएका थिए।
त्यसका लागि आवश्यक सहयोग र समन्वय हुने प्रधानमन्त्री देउवाले बचन दिएका थिए।