तिहारमा सुगरका विरामीले यी ५ कुरामा राख्नुपर्छ ध्यान

हेल्थपोस्ट नेपाल

चिकित्सकहरुका अनुसार तिहारमा डाइबिटिजका बिरामीले निकै सावधानि अपनाउनुपर्छ। ब्लड सुगरमा अलिकति पनि लापर्वाही गरे अपत आउन सक्दछ। त्यसैले सुगरका विरामीले यी पाँच कुरामा ध्यान दिन जरुरी छ।

चाडपर्वको समयमा मानिसहरु आफ्नो स्वास्थ्यको ध्यान कमै राख्छन्। झन् तिहार, मिठाईको पर्व, लक्ष्मी पुजादेखि भाइटिकाको दिनसम्म मिठाई घरमा रहिरहन्छ।

जाडो मौसममा हाम्रो पाचन शक्ति ढिला हुने भएका कारण भारी खाना, मिठाई पच्न गाहे हुन्छ। त्यसैले पनि खानेकुरा खाँदा होस पु¥याउनुपर्छ।

१. चाडपर्व सुरु अगाडी एकपटक आफ्नो ब्लड सुगर परीक्षण गर्नुपर्छ। यसरी परीक्षण गर्दा पछि हुने जोखिमको अन्दाज आफैले लगाउन सकिन्छ र सावधानीको साथसाथै तिहार पनि मज्जाले मनाउन सकिन्छ।

२. चाडपर्वमा मिठो पयपदार्थ र मिठाईहरुबाट अलि टाढा बसौं। यो समयमा फाई गरेका खोकुराबाट पनि दुरी बनाइराख्नुपर्छ। खानेपिउने रुटिनलाई पनि ध्यानमा राख्न जरुरी छ। घरकै खाना खादाँ उत्तम हुन्छ भने बाहिर खाने प्लान भए सुगर नभएको तथा स्याचुरेटेड फ्याट भएको खानेकुरा नखाऔं।

३. घरपरिवारले पनि सुगरको विरामीलाई ख्याल राख्नुपर्छ। विरामी तथा उनका परिवारले चिकित्सकसँग सम्पर्क गर्ने। एन्टी डाइबेटिक औषधी तथा इन्सुलिनसँग जोडिएको समस्याका बारे सोध्न सकिन्छ।

४. भाइटिकाको समयमा धेरै मिठाई तथा तारेको खानेकुरा खाइन्छ, यस्तो बेला विरामीलाई खान दिनुहुन्न। मिठाईको सट्टा विरामीलाई खजुर, गुड तथा अंजीर खुवाउन सकिन्छ।

५. चाडपर्वमा मिठाई मात्र नभई अरु चीजहरु पनि बनाउन सकिन्छ। चिकित्सकसँग सल्लाह लिएर स्वास्थ्यलाई फाइदा पु¥याउने ड्राइफ्रुटस तथा फलफुल सेवन गर्न सकिन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *