आज ९ हजार १७४ सक्रिय संक्रमित, ११ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ४ सय ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ७ हजार ११५ पीसिआर र ३ हजार १७२ एन्टिजेन नमुना मार्फत गरिएको परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने ५५५ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ७ लाख ९२ हजार ८३२ संक्रमण मुक्त भएका छन्।

मंगलबार देशभर ९ हजार १७४ सक्रिय संक्रमित छन्। तीमध्ये ८ हजार ४६८ होम आइसोलेसन तथा ७ सय ६ जना संस्थागत आइसोलेसनमा छन्। पछिल्लो २४ घन्टामा ११ जनाको निधन भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट ११ हजार ४२७ जनाको निधन भएको छ।  आज देशभर ७४ भेन्टिलेटरमा सहित २४१ आइसियूमा राखि उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *