तिहारमा घर जाने यात्रुलाई यी चार स्थानबाट खोप दिइने

तिहारमा घर जान लागेका यात्रुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ।
कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो। दुईदिनसम्म यो कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
खोप कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ।
यि चार स्थानमा आज बिहानदेखिनै खोप कार्यक्रम सुरु गरिएको छ।
आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। खोप निशुल्क लगाइने छ ।