नाममात्रको ‘खुला दिसामुक्त देश’, हैजा प्रकोप उस्तै

नेपाल दक्षिण एसियामै पहिलो खुला दिसा मुक्त देश हो। गत वर्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए।

दक्षिण एसियामै पहिलो खुला दिसा मुक्त देश भएर पनि यसबाट बच्न सकिने प्रकोप तथा महामारीबाट भने मुक्त हुन सकेको छैन।

स्वच्छ खानेपानीको अभाव तथा खुला ठाउँमा दिसा गर्ने व्यवहार नहटेकै कारण नेपालका विभिन्न जिल्लामा हरेक वर्ष हैजाको प्रकोप देखा परिनै रहेको छ। यसमा राजधानी काठमाडौं समेत अछुतो छैन।

यस वर्ष पनि कपिलवस्तुबाट हैजाको प्रकोप सुरु भएको छ।

हैजा एक संक्रामक रोग हो, जुन ‘भाइब्रो कोलेरा’ नामक ब्याक्टेरीयाले गर्दा हुन्छ। यस्ता ब्याक्टेरीया नुनिलो, मनतातो तथा जमेको पानीमा हुने गर्दछ। उक्त ‘भी’ ब्याक्टेरीयाले संक्रमण गरेको खानेकुरा तथा पानी पिउँदा मानिसमा हैला फैलन सक्दछ।

असोत १८ गतेबाट कपिलवस्तु जिल्लाको कष्णनगर नगरपालिका वडा नं ७, ८ र ९ मा झाडापखाला तथा वान्ताको प्रकोप सुरु भएको थियो।
यो समाचार तयार पारेको मितिसम्म १३३८ बिरामी संख्या रहेको छ, जसमा १३१६ जना उपचार गरेर घर फर्किसकेका छन् भने ६ जनाको मृत्यु भएको छ। हाल २१ जना शिवराज अस्पताल कृष्णनगर, बैदौली अस्पताल, यशोधारा र शिवराज आधारभुत अस्पताल चन्द्रौटामा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा विभिन्न जिल्ला स्वास्थ्य कार्यालयले हैजालाई महामारीका रुपमा देशभर फैलनबाट रोक्न हरप्रयास गरिरहेका छन्।

विभिन्न अध्ययनका अनुसार नेपालमा हरेक वर्ष २० प्रतिशत जनसंख्या हैजाको प्रकोपको जोखिममा रहेका छन्।

स्वच्छ खानेपानी तथा सफा वातावरणको अभावकै कारण हरेक वर्ष उत्पन्न हुने हैजा नेपालका लागि नौलो होइन। तर यसको नियन्त्रण तथा चाँडो उपचारको कमीले धैरै व्यक्तिहरुको ज्यान जाने गरेको छ।

कपिलवस्तुको हकमा तीन वडामा मात्र देखिएको हैजा अहिले अन्य जिल्लामा पनि देखिन थालेको स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा कार्यालय प्रमुख डा. हेम राज पाण्डेले बताए।

हैजाको प्रकोप नियन्त्रण गर्न स्वास्थ्य कार्यालयले जनचेतना फैलाउने कार्यक्रमलाई जोड दिइएको उनले बताए।

‘हाल अन्य ठाउँमा यो प्रकोप नफैलियोस भनेर मानिसलाई सचेत गराईरहेको छौं। घरदैलो कार्यक्रम, सडक नाटक, समुदायमा माइकिङ गरेर सचेत पु¥याइरहका छौं,’ उनले भने।

कपिलवस्तुखुलादिसामुक्त क्षेत्र घोषणा भएपनि व्यवहारमा लागू भएको छैन।खुलादिसा गर्ने बानीकै कारण यो संक्रमण फैलिएको पाण्डेले बताए।

पहिले हैजाको प्रकोप भएको इतिहास नभएको कपिलवस्तुमा ब्याक्टेरीया भने पहिलेदेखि नै भएको उनी बताउँछन्।
भारतसँग जोडिएको कारण अझै पनि महामारी फैलन सक्ने जोखिम छ।

हालको प्रकोप नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा विरुद्धको खोपका लागि विश्व स्वास्थ्य संगठन तथा अन्य अन्र्तराष्ट्रिय संघलाई पत्राचार गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले कपिलवस्तुमा सरसफाई तथा खानेपानीको अवस्था चुनौतीपूर्ण भएका कारण खोपकै आवश्यकता रहेको बताए।

‘खोप लिन विश्वसामू आवेदन दिनुपर्ने हुन्छ। हामीले खोप लगाउनै पर्ने अवस्था भएका कारण इमेल मार्फत खोपको आश्वान गरेका छौं,’ उनले भने।

तर, खोप कहिले आईपुग्छ, टुङगो छैन।

हैजाको प्रकोप अन्य जिल्लामा पनि फैलन सक्ने भएका कारण कपिलवस्तुका ७ लाख जनतालाई खोप लगाउने तयारी भइरहेको छ।
‘स्वास्थ्य सेवा विभागबाट खोप आउने बिपत्तिकै खोप अभियान सुरु गरिहाल्छौं। यसको लागि आश्यक पर्ने जानशक्ति, तालिम तथा ठाउँको व्यवस्था गरिरहेका छौं,’ डा. पाण्डेले भने।

हैजाको खोप अभियान यो पहिलो भने होइन। यो भन्दा अगाडी २०१४ मा रौतहत जिल्ला, २०१५ मा धादिङ र नुवाकोट र बाँकेमा २०१७ सालमा खवाइएको थियो। उक्त समयमा दुई मात्र ५/५ दिनको फरकमा खुवाइएको हो।

हैजाको इतिहास

हैजा प्रकोप आजको मात्र होइन इतिहास देखिकै समस्या हो भने नेपालमा मात्र नभई विश्वलाई नै आक्रान्त पार्ने सरुवा रोग हो।
भारत मुल बनाएर उत्पन्न भएको हैजा, विश्वलाई नै ७ पटकसम्म महामारीमा उल्झाएको थियो भने गरिब तथा विकाशोन्मुख देशहरुमा अझै पनि प्रकोप देखिइनै रहेको छ।

विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार हरेक वर्ष १३ लाख देखि ४० लाख मानिसहरुलाई हैजाको संक्रमण हुने गर्दछ भने २१ हजार देखि एक लाख ४३ हजार मानिसको मृत्यु हुने गरेको छ।

हैजाको इतिहास केलाउँदा चौंथो शताब्दी देखि नै यो प्रकोपबाट मानिस सिकार भएको देखिन्छ।

विश्वले पहिलो हैजा महामारी १८१७ मा झेलेको थियो। भारतको जेसोरमा संक्रमित खानाबाट फैलिएको रोग म्यानमार, श्रीलङका हुँदै पश्चिमा देशहरुमा फैलिएको थियो।

१८२० सम्मा हैजा फैलिएर थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्समा फैलिएर एक लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो। थाइल्याण्ड र इन्डोनेसियाबाट चीनमा पनि यो प्रकोप फैलियो भने संक्रमित मानिसबाट जापानमा पनि फैलियो।

१८२१ मा भारतमा आएका बेलायती आर्मीहरुले ओमन हुँदै घर फकेर्को समयमा खाडी मुलुकमा पनि संक्रमण फैलाउन मद्दत पु¥याए।
नेपालमा पनि १८२३ मा हैजा देखिएको अध्ययनले देखाएको छ।

१८२३ र १८२४ मा एकदमै चिसो बढेका कारण हैजाको महामारी ६ वर्ष पछि बल्ल टुङ्गिएको थियो।

तर पाँच वर्ष नबित्दै पुन महामारी सुरु भयो। १८२९ मा भारतबाटै सुरु भएको रोग मिलिटरी बाटो हुँदै विश्वभर फौलियो। १८३० मा यो रोग मस्को, रुसमा पुग्यो। निकै जाडोको कारण रोगमा कमी आएको देखियो तर १८३१ मा पुन संक्रमण फैलिएर फिन्ल्याण्ड, पोल्याण्ड हुँदै हंगेरी जर्मनीमा पुग्यो।

विभिन्न अध्ययनहरुका अनुसार नेपालमा पनि १८३१ मा हैजा संक्रमण भएको पाइएको छ।

१८३२ मा अमेरिकामा यो रोग पुग्यो जहाँ एउटा सहरमै एक हजार भन्दा बढि मानिसको मृत्यु भयो।

१८५२ देपख १८५९ सम्ममा मात्र विश्वले चार वटा हैजा महामारी झेल्यो।

नेपालमा भने १८४३, १८५६, १८६२ र १८८७ मा संक्रमणले ठूलो प्रकोप लिएको थियो।
धेरै मानिसको मृत्यु हुन थालेपछि सन् २०५४ मा बेलायतका चिकित्सक जोन स्नोले रोगको स्रोत पत्ता लगाए। उनले पानी नै संक्रमण भएको पत्ता लगाएर हाते पम्प नै हटाउन लगाएका थिए, जसको कारण उक्त ठाउँको हैजाको प्रकोप निकै घटेको थियो।

सन् १८८३ मा जर्मनका माइक्रोबायोलोजिस्ट रोर्बट कोचले कल्कत्ता र इजिप्टमा अध्ययन गरी हैजा पत्ता लगाउने उपकरण बनाए र हैजाको प्रकार तथा आन्द्रामा ब्याक्टेरिया भएको देखाएका थिए।

त्यसपछि पनि धेरै देशमा हैजा देखियो। अफ्रिका र एसिया प्रान्तमा हरेक वर्ष देखिने गरेको छ भने अन्य विकसित मुलुकमा देखिएको छैन।
नेपालमा २००९ मा पनि हजारौं मानिस विरामी भएका थिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा रर्सच युनिटका प्रमुख डा. शेर बहादुर पुनले अस्पतालमा ठाउँ नहुनेगरी हैजाका विरामी भएको अनुभव गरेका छन्।

नेपालबाट शान्तिसेना जाँदा नेपाली आर्मीले हाइटीमा हैजा फैलिइको आरोप पनि लागेको थियो। नेपाली आर्मी हाइटी जाँदा कसैलाई पनि हैजाको संक्रमण नभइको पुष्टि गरिएको थियो।

हाइटीमा २००८ देखि २००९ मा पहिलो पटक हैजा देखिएको थियो जहाँ ९७ हजार मानिस संक्रमित भएका थिए भने ४हजार २०० को मृत्यु भएको थियो।

नेपालमा हरेक वर्ष हैजा देखिइनै रहेको छ।

सन् ११९१ मा ९२ हजार मानिस हैजाबाट संक्रमण भए भने १८ सय जनाको मृत्यु भएको थियो। १९९३ मा ३० हजार भन्दा बढि संक्रमित भए।
त्यसपछि छिटपुट रुपमा संक्रमण देखिइनै रहेको छ।

उपचार तथा एन्टिबायोटिक रेसिस्टेन्ट

डा. पुनका अनुसार हैजाको उपचार हाम्रो देशमा अस्पताल तथा सलाइन पानी नै हो।

झाडापखाला तथा वान्ताका कारण शरीरको पानी जाने भएका कारण केही घण्टामै ज्यान जान सक्दछ। समयमै अस्पताल पु¥याइयो तथा विरामीलाई सलाइन चढाउन सके ज्यान जोगिन सक्छ।

तर नेपालमा ठूला सहरमा बाहेक अन्य ठाउँमा हैजाको प्रकोप फैलिए यसलाई नियन्त्रण गर्न निकै कठिन हुने उनी बताउँछन्।

‘सहरमा चाँडै फैलिन्छ, तर नजिकै अस्पताल तथा क्निकहरु भएका कारण उपचार गरी ज्यान जोगाउन सकिन्टछ। तर दुर्गम तथा गाउँमा समाजिक दुरीले संक्रमण फैलिनबाट केही कम गरे पनि प्रकोपबाट धेरैको ज्यान जान सक्छ,’ डा.पुनले बताए।

हैजा व्याक्टेरीया विरुद्ध विभिन्न खोप तथा मुखबाट खाने झोल तथा औषधीहरु पाइन्छ। तर लामो समयसम्म मानिसमा ब्याक्टेरीया विरुद्धको एन्टिबायोटिक औषधी प्रयोग भएका कारण यसले काम गर्न छोडेको अध्ययनहरुले देखाएको छ।

१९९६ मा गरिएको एक अध्ययनमा नेपालमा पाइने हैजाका लागि प्रयोग गरिने औषधी नालिडिक्सिक एसिड, एम्पिसिलिन, को–ट्राइमोक्साजोल र सेफल्सीनको असर कम हुन थालेको देखाएको थियो।

२००४ मा काभ्रेमा सुरु भएको संक्रमणमा को–ट्राइमोक्साजोल औषधीले कमै गर्न छोडेको र अन्य औषधीहरुले भने काम गरेको अध्ययनले देखाएको थियो।

सोही वर्ष नालिडिक्सिक एसिडमा पनि रेसिस्टेन्ट देखा परेको छ।

त्यस्तै, २००८ मा काठमाडौं, सप्तरी र जार्जकोटमा फैलिइको हैजामा अनुसन्धान गर्दा फुराजोलिडन नामक एन्टिबायोटिक औषधीले १०० प्रतिशत नै काम नगरेको तथ्य रहेको छ।

२००७ र २०१० मा १० वटा अस्पताबाट संकलन गरिएको नुमुनाको अध्ययन गर्दा नालिडिक्सिक एसिड र फुराजोलिडन औषधीले ब्याक्टेरिया विरुद्ध काम नै गरेन भने ९० प्रतिशत को–ट्राइमोक्साजोलको, २१ प्रतिशत ट्रेटासाइक्लाइन, १६ प्रतिशत इर्थोमाइसीन र ४ प्रतिशत

सिप्रोफोसिनले काम नगरेको पाइएको हो। त्यस्तै, मल्टी ड्रग सेसिस्टेन्ट पनि देखिन थालेको छ।

केही समयपछि यी औषधीको असर व्याक्टेरीयामा नहुने वैज्ञानिकहरुको तथ्य रहेको छ।

त्यसैकारण हैजाको प्रकोपले महामारीको रुप नलिन वातावरणको सरसफाई तथा स्वच्छ पिउने पानीमा ध्यान दिन जरुरी छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *