अछाममा ५० हजारले लगाए कोरोनाको पूर्ण मात्रा खोप

हेल्थपोस्ट नेपाल

अछाम – अछाममा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ५० हजार ६ सय पुगेको छ।

गत वर्षको १४ माघदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो । कोरोना विरुद्धको खोप अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा खोप अभियान चलिरहेको छ।

अछाममा एष्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र कोभिसिल्ड गरी तीन प्रकारको खोप लगाइएको छ । जसमा जोन्सनको पूर्ण मात्रा खोप लगाउनेको संख्या १२ हजार चार सय ८५ छ।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको थियो । दोस्रो चरणमा अग्रभागमा टेर सेवा प्रवाह गर्दै आएका सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मी लगायतको क्षेत्रमा कार्यरतलाई लगाइएको थियो।

तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई लगाइएको थियो । जिल्लामा अहिले पनि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ।

आजबाट अछाममा कोभिसिल्ड तथा एष्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाउन सुरु भएको छ। कोभिड-१९ विरुद्धको पहिले भेरोसिल खोपको पहिलो मात्रा लगाएका ४० वर्षमाथिका आमनागरिक तथा १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउन थालिएको हो।

कोभिसिल्ड तथा एष्ट्राजेनेका पहिलो मात्रा लगाई दोस्रो मात्रा नपाएका आमनागरिकलाई भोलिसम्म खोप अभियान सञ्चालन भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिए।

दुई दिनको अवधिमा ११ हजार देखि १५ हजार नागरिकलाई भेरोसेल र चार हजार दुई सयजनालाई कोभिसिल्ड खोप लगाउने लक्ष्य रहेको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *