२४ घण्टामा ५३३ कोरोना संक्रमित, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
देशभर गरिएको ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज निको हुनेको संख्या ४९० रहेको छ। योसंगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ रहेको छ।
२४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ।
कुल संक्रमितमध्ये ९ हजार ३१८ सक्रिय संक्रमित छन्।
हाल ११८ जना क्वारेन्टाइनमा छन्। २४१ जना आइसीयू र ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा ६५ हजार २८ जनाले खोप लगाएका छन्।