बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

हेल्थपोस्ट नेपाल

महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छिन्। उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताइन्।

‘विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ,’ उनले भनिन्, ‘ खोपको सुनिश्चितता भइसकेको छ। अब छिट्टै खोप ल्याउनतर्फ सरकार लागेको छ। ’

कोरोना संक्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाई थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *