आज पाँच सय भन्दा कम संक्रमित भेटिए, आठको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गरिएको ७ हजार ८९९ पिसिआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४०८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा भने ५१८ संक्रमित निको भई डिस्चार्ज भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९१ हजार ७ सय ८७ पुगेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालय अनुसार हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ७ जनाको मृत्यु भइसकेको छ।

आइतबार देशभर ९ हजार ३७६ जना सक्रिय संक्रमित छन्। जसमध्ये ८ हजार ६१५ होम आइसोलेसन र ७६१ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको अनुसार आज ७० भेन्टिलेटर सहित २२५ जनाको आइसियूमा राखी उपचार भइरहेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ३८ हजार ८१५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *