माल्दिभ्सबाट दुई लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ।
कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आइपुग्ने स्वास्थ्य सेवा विभागकाे खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।
आज आउने खोप प्राथमिकताका आधारमा दिइने उनले बताए। यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप आइसकेको छ।