वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन

हेल्थपोस्ट नेपाल

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ।  डा. श्रेष्ठ लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए।

उपचारमा क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ।

संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति निकाल्दै डा.श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधै स्मरणयोग्य हुने बताएका छन्।

‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटुरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघको विज्ञप्तिमा भनिएको छ ‘दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ।’

उनी अल्का अस्पतालमा कार्यरत थिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *