भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने मोदीको दाबी

हेल्थपोस्ट नेपाल

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन्।

इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे । भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाई छ।

विश्वमा अझै पनि कोभिड खोपको अभावमा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । अफ्रिकाका आधाभन्दा बढी मानिसमा खोपको पहुँच छैन्।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतलाई आर्थिकरूपमा पुर्नजीवित पार्न र आपूर्ति सहज गर्न भारतलाई साझेदार बनाउन जी २० का अन्य नेतासँग अपिल गरेका थिए। महामारीका बाबजूद विश्वसनीय आपूर्ति सञ्जालमा भारत विश्वासनीय साझेदार देश प्रमाणित भएको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *