‘एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सकिन्छ’

हेल्थपोस्ट नेपाल

चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो संक्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् ।

देशका विभिन्न भागमा छिटपुट मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सकको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङले उक्त टिप्पणी गरेका हुन् ।

कोरोनाभाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न नसकिने भन्दै झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन् ।

झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्ण रूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *