आज ९ हजार ५२६ सक्रिय संक्रमित, ११ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ। आज ९ हजार ५२६ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ।

पछिल्लो २४ घन्टामा ११ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ। हाल २१२ जना क्वारेन्टाइनमा छन्।

शनिबार ६८ भेन्टिलेटरमा सहित २३४ जनाको आइसीयूमा उपचार भइरहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *