चिकित्सा शिक्षा लागि विदेशमा अध्ययन गर्न जानेले अनिवार्य अनुमति लिन आयोगको निर्देशन

हेल्थपोस्ट नेपाल

एकीकृत प्रवेश परीक्षा उतीर्ण गरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमति लिएर मात्र जान चिकित्सा शिक्षा आयोगले आग्रह गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै चिकित्सा शिक्षा विषयमा स्नताक तह, स्नातकोर तह, फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अनुमतिपत्र सम्बन्धित काम भइरहेको जनाएको छ।

आयोगले लिएको एकीकृत प्रवेश परीक्षा उत्तीण गरी अनुमतिपत्र लिएर नगएको खण्डमा आयोग जिम्मेवार नहुने प्रष्ट समेत पारेको छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *