लगातार तापक्रम घट्दा देशभर बढ्यो चिसो, जुम्लामा पुग्यो दुई डिग्री

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.१ डिग्री रहेकोमा आज १०.६ डिग्रीमा झरेको छ। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अब चिसो निरन्तर बढ्दै जाने विभागकी मौसमविद शान्ती कँडेलले बताइन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ। केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ।

हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री र अधिकतम तापक्रम २५.५ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *