लुम्बनी प्रदेशमा बर्दिया अस्पताल उत्कृष्ट

हेल्थपोस्ट नेपाल

लुम्बनी प्रदेशमा बर्दिया अस्पताल उत्कृष्ट भएको छ। आर्थिक वर्ष ०७७र०७८ को न्यूनतम सेवा मापदण्ड र सम्पादित कार्य प्रगति मुल्यांकनका आधारमा बर्दिया अस्पताल प्रथम भएको स्वास्थ्य निर्देशनालय लुम्बनीले जनाएको छ।

निर्देशनालयका अनुसार लुम्बनी प्रदेशमा रहेका १३ अस्पतालमध्ये बर्दिया अस्पताल प्रथम, कपिलबस्तु अस्पताल दोश्रो र राप्ती प्रादेशिक अस्पताल तेस्रो भएका हुन्। कार्यसम्पादनमा उत्कृष्ट रहेका अस्पतालाई निर्देशनालयले लुम्बनी सम्मान प्रदान गरेको छ।

गत वर्ष पनि बर्दिया अस्पताल लुम्बिनी प्रदेश कै उत्कृष्ट अस्पताल घोषित भएको थियो। पछिल्लो समयमा जनशक्ती अभाव भएपनि बर्दिया अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

प्रथम भएको बर्दिया अस्पताललाई लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले सम्मान गरेका हुन्।

विशेषज्ञसहित ५० शय्याको अस्पतालको रुपमा स्थापित भएपनि बर्दिया अस्पतालले जनशक्ति अभावले विशेषज्ञ सेवा पूर्ण रुपमा प्रदान गर्न सकेको छैन।

अस्पतालमा १० जना विशेषज्ञ डाक्टर, चारजना मेडिकल अधिकृत र एकजना डेण्टल सर्जन गरी १५ जनाको दरबन्दी छ।

हाल अस्पतालमा दुईजना एमडिजिपी, एकजना सर्जन, एकजना बालरोग विशेषज्ञ र एकजना दाँत रोग विशेषज्ञ मात्रै विशेषज्ञ डाक्टर छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *