शुक्रबार १० हजार १५१ सक्रिय संक्रमित, ६ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५४९ जनामा कोरोना संक्रमण देखिएको हो।

सोही अवधिमा ६ संक्रमितको निधन भएको छ। नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ ।
शुक्रबार ५६९ जना संक्रमणमुक्त भएका छन्।

जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ । शुक्रबार १० हजार १५१ सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *