उत्तर कोरियामा खाद्य संकट : नागरिकलाई ४ वर्षसम्म थोरै खान निर्देशन

हेल्थपोस्ट नेपाल

उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको छ । सन् २०२५ मा चीनसँगको सीमा नखुल्दासम्म उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको हो।

खाद्य अभावबाट उत्तर कोरिया नराम्रोसँग प्रभावित छ। अभावका कारण पर्याप्त खान नपाउँदा केही मानिसहरु भोकमरीको चपेटामा परेका छन्।

कोभिड महामारी फैलिएपछि उत्तर कोरियाले सन् २०२० को जनवरीदेखि चीनसँगको सीमा बन्द गरेको थियो। सीमा बन्दपछि देशको अर्थतन्त्रमा गम्भीर असर गरेको छ। उत्पादनभन्दा माग बढेकोले दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ।

सन् २०२५ अगाडि चीनसँगको सीमा खुल्ने सम्भावना न्यून रहेको विज्ञहरुले बताउँदै आएका छन्।

‘उत्तर कोरियामा खाद्य सामाग्रीको चरम अभाव छ। यही बेला सरकारले हामीलाई अझै चार वर्ष थोरै खान उर्दी जारी गरेको छ।’ सरकारी अधिकारीहरुको निर्देशनपछि निराश बनेका एक सर्वसाधरणले भने।

समस्याका बाबजूद उत्तर कोरियाली नेता किम जोङ उनले विश्वबाट नै एक्लिँदै गएको देशलाई आत्मनिर्भर हुन जोड दिँदै आएका छन्।

यही जुलाईमा पार्टीको केन्द्रीय कमिटीको वैठकले सर्वसाधरणलाई जमिन खाली नराख्न र उत्पादन बृद्धि गर्न आग्रह गरेको थियो।

राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले उत्तर कोरियामा यो वर्ष ८ लाख ६० हजार टन खाद्यन्न आवश्यक रहेको जनाएको थियो । कोभिड संक्रमणले बाहिरी मुलुकबाट खाद्यन्न आयात हुन नसक्दा झनै अभाव बढेको उसले जनाएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *