आज दुई कोरोना संक्रमितको निधन, ५९१ थपिए

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ हजार ३५५ वटा नमुनाको परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्ट भएको हो ।

सोही अवधिमा घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेकोे छ ।

त्यस्तै आज ५९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार २३६ पुगेको छ। जसमध्ये ९ हजार ४१४ होम आइसोलेसन तथा ८२२ संस्थागत आइसोलेसनमा छन्।

त्यस्तै, आज ८१ भेन्टिलेटरमा सहित २४८ जनाको आइसियूमा उपचार भइरहेको छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *