कहिले पाउँछन् स्वास्थ्यकर्मीले जोखिम भत्ता? यसो भन्छन् स्वास्थ्यमन्त्री

हेल्थपोस्ट नेपाल

कोरोना महामारीमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीलाई सरकारबाटै उपेक्षित महसुस गरिरहेका छन्। सरकारले घोषणा गरेको जोखिम भत्तासमेत उनीहरूले पाएका छैनन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो निर्णयका रुपमा स्वास्थ्यकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता दिने निर्णय गरेको थियो।

स्वास्थ्यकर्मी सहितका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका थिए । तर, नयाँ सरकार बनेको चार महिना पुग्नै लाग्दा जोखिम भत्ता निकाशा हुन सकेको छैन।

बिहीबार स्वास्थ्य पत्रकारहरूसँगको अन्तरक्रियामा स्वास्थ्यमन्त्री विरोध खतिवडाले चाडैं नै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने बताए।

‘विभिन्न अस्पतालमा जाँदा स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो सुनिरहेको छु। ४५ करोडको रकम गरेर अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थबाट निकासा भइसकेको छैन्। निकासा हुनासाथ नपाएका स्वास्थ्यकर्मीले भत्ता पाउनुहुन्छ,’ उनले भने।

त्यसैगरी, मन्त्री खतिवडाले औषधिको मूल्य बढाइएको बारे छानबिन प्रक्रिया अघि बढाउने जिम्मेवारी स्वास्थ्यसचिव डा. रोशन पोखरेललाई दिइएको जानकारी दिए।

औषधि व्यवस्था विभागले पछिल्लो वर्ष मात्रै विभिन्न सात कम्पनीका ५२ वटा औषधिको ३२ प्रतिशतसम्म मूल्यवृद्धि गरेको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *