स्वास्थ्य बिमा निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा क्रमश निःशुल्क गर्दै लैजाने योजना बनाएको छ।

मन्त्रालयमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा अहिले निर्धारित रकम तीन हजार पाँच सयलाई क्रमश: कम गर्दै लैजाने तयारी भइरहेकाे जानकारी दिए।

‘स्वास्थ्य बिमा ३ हजार ५ नलिइ बिमा गर्ने योजना बनाएको छु,’ मन्त्री खतिवडाले भने, ‘त्यसमध्ये पनि लोपउन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा समावेश गर्ने तयारीमा गरिरहेकाे छ।’

उनले याे कार्यक्रम अगाडि बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी दिए।

‘लोपउन्मुख जातिकाे संख्या कम भएकाले स्वास्थ्य मन्त्रालयकै बजेटबाट गर्न सकिन्छ। अल्पसंख्यककाे जनसंख्या करिब ३० लाख छ। सरकारले सो कार्यक्रममार्फत क्रमश: सबै नागरिकको बिमा अनिवार्य गर्ने छ,’ उनले भने, ‘मैले लोपउन्मुख वा अल्पसंख्यककाे मात्रै पनि स्वास्थ्य बिमा नि:शुल्क गर्न सके भने क्रमश: अगामी सरकारले सो कार्यक्रमलाई पाँच–६ वर्षभित्रमा सबै नागरिकको बिमा अनिवार्य गर्न सजिलो हुन्छ।’

खतिवडाले यसअघि १८ वर्षमाथिका सबै नागरिकलाई मात्र खोप उपलब्ध भएकोमा अब १२ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिइसकेकाले १२ वर्षमाथिका नागरिकलाई खोप लगाउन एक करोड डोज खोप ‘बुक’ गरिसकेको उनले जानकारी दिए।

स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘यसअघि १८ वर्षमाथिकाले मात्र खोप लगाएका थिए, अब १२ वर्षमाथिकालाई पनि खोप दिन एक करोड खाेप बुक गरिसक्यौं। अमेरिकाबाट फाइजर र मोडेर्ना खरिद गरेर ल्याउँदैछौं। यो ५० लाखलाई पुग्छ। अमेरिकी अनुदानमा १ लाख खोप आइसकेको छ। केही दिनमै एक करोड डोज खोप पनि आउँछ।’

उनले भारत र चीनले बालबालिकाका लागि नयाँ खोप परीक्षण गरिहरहेकाे भन्दै जसले अगाडि मान्यता पायो त्यहीँबाट १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई खोप खरिद गरिने बताए।

स्वास्थ्यकर्मीले भत्ता नपाएको गुनासो सुनेको भन्दै उनले त्यसका लागि अर्थमन्त्रालयमा ४५ करोड रकम निकासाका लागि पत्र पठाएकाे जानकारी दिए। उनले औषधिमा शुल्क बढेको गुनासो बुझ्न सचिवलाई निर्देशन दिएको बताए।



One thought on “स्वास्थ्य बिमा निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

  1. स्वास्थ्य वीमाका विभिन्न आयाम र समस्याहरु भएपनि कर तिर्ने जनतालाई आधारभूत स्वास्थ्य विमा राज्यकोषबाट निशुल्क ब्यबस्था गर्नु पर्छ। Health insuraance scheme has various issues/purposes [business motive] but it must be FREE for tax payers!

Leave a Reply

Your email address will not be published. Required fields are marked *