अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

हेल्थपोस्ट नेपाल

वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा वृद्धि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही दिन यता ननकोभिडका बिरामीको संख्या वृद्धि भएको छ। अस्पतालका डाक्टर निरज बमले दिएको जानकारी अनुसार दिनमा औषतमा एकसय जनाको दरले मौसमी खालका बिरामीहरु उपचारका लागि आफूकहाँ आउने गरेको बताए।

यसरी बिरामीहरु उपचारका लागि आउँदा बेड अभाव भएकाले एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको उनको भनाइ छ । अहिले बेड अभाव रहेकाले औषधि सेवन गरेर घरमै बस्ने प्रकृतिका बिरामीहरुलाई औषधि दिएर घर पठाइएको उनले बताए।

अस्पतालको आकस्मिक कक्ष पनि नन कोभिडका बिरामीले भरीएको उनले बताए।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि हिउँदयाम लागेसँगै मौसमी खालका बिरामीहरु बढेको बताए। अस्पतालमा आउने बिरामीहरुमा रुघा,खोकी,ज्वरो सँगै डेंगुका विरामी पनि आउने गरेका उनले सुनाए।

वर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फुल पार्ने भएका कारण पनि अहिले डेंगु रोगको जोखिम रहेको छ। उनले अस्पतालमा आउने सरदर बिरामीहमा ४/५ जनाका दरले बिरामी बढेकाे बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *