यस्ता छन् दुई बर्षभित्र मेडिकल काउन्सिलले गरेको उपलब्धि (सूची सहित)

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलले दुई वर्षमा गरेका कामहरु सार्वजानिक गरेको छ।

काउन्सिलले आज एक पत्रकार सम्मेलन गर्दै विगत दुई बर्ष गरेका काम, उपलब्धि तथा कार्यान्वयनमा रहेका कार्यक्रमहरु सार्वजानिक गरेको हो।

काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार चिकित्सक नाम दर्ता तथा विशेष परीक्षा सञ्चालन कार्यविधि २०७७, फेलोसिप निर्देशिका, शल्यक्रियाको सुरक्षा सूची बनाउने काम भएको छ।

त्यसैगरी, तथ्यांक र रेकर्ड, बेबसाइटमा केलजहरुको विवरण, सबै कागजपत्र र प्रमाणपत्रको डिलिटफ कपी, चिकित्सकको सूची अध्यावधिक गरी एकै पोर्टलबाट परीक्षा र अन्य सेवाको आवेदन र शुल्क तिर्न सकिने, अहिले तयार भएको पोर्टल मार्फत चिकित्सकले आवेदन गर्न पाउने भएको छ।

त्यस्तै, कोभिडका कारण चीन लगायतका देशमा एमबीबीएस इन्र्टनसीप सुरु गरी पुरा गर्ने नपाउँदै नेपाल फर्किएका सन् २०१४ ब्याचका नेपाली विद्यार्थीहरुलाई नेपालमा इन्र्टनसीपका लागि १६० विद्यार्थीलाई अनुमति दिइएको छ।

यस्ता छन् दुई बर्षभित्र मेडिकल काउन्सिलले गरेका काम (सूची सहित)

–भौतिक सुधारका कामः परिसरमा राष्ट्रिय बाणिज्य बैंक काउन्टर, पार्किङ (स्वचालित इलेक्ट्रोनिक गेट सहित) , प्रवेशद्दारको बाहिरी स्वरुव, लबीमा निशुल्क कपी, आवश्यकता अनुसार अपिस समयमा पदाधिकारी भेट्न पाउने, वेवसाइड मार्फत उजुरी गर्न पाउने

– प्रशासनिक कामः २४ घन्टा भित्र इमेलको जवाफ , तीन कार्यदिन भित्र काम सम्पन्न, अस्थायी तथा विशेषज्ञ प्रमाणपत्र लिन बाहेक काउन्सिल आउन नपर्ने, सबै काम इमेल मार्फत, व्यसायिक उजुरीहरुको कारबाही र अभिलेख अध्यावधिक, सबै काउन्सिल सदस्यलाई मेडिकल इथिक्स तालिम, उजुरीको व्यवस्थापन, विदेशी नागरिक चिकित्सकको व्यवसायिक काम, अनुगनम, भिषा, नविकरण सर्त, बैवाहिक सम्बन्धमा रहेका विदेशी चिकित्सकको दर्ता सहजिकरण

– सबै प्रकारका आवेदन र शुल्क अनलाइन सेवा मार्फत प्रदान गरी दर्ता, ईलिजिविलिटी, परिचयपत्र, असल चारित्रिक प्रमाणपत्र, आदि सेवा तीन दिन भित्र प्रदान गर्ने

– उजुरी पेटेका, टीभी मनिटरमा बडापत्र र आवश्यक सूचना राख्ने

– यातायात कार्यालयमा चिकित्सकले प्रदान गर्ने प्रमाणपत्रको निगरानी राख्ने

– परीक्षा र प्रमाणपत्र : सन् २०२० नोभेम्बर २७( २०७७ मंसिर १२) देखि इन्जिनियरिंग अध्ययन संस्थानमा कम्प्युटरमा आधारित लाइसेन्स र विशेष परीक्षा, सुरक्षा प्रावधान र क्युआर कोड सहितको नयाँ ढाँचाको प्रमाणपत्र र परिचयपत्र (सेल्फ भेरिफिकेशन सहित) परीक्षाको स्तरीयता र एकरुपता लागि प्रश्नपत्र बैंक, अकंभार र प्रयोगात्मक परीक्षा, अस्थायी र स्थायी दर्ता मितिको निरन्रता, परीक्षाको नतिजा प्रकाशन भएपछि ३० दिन भित्र आवेदन गरेमा दर्ता प्रमाणपत्रमा परीक्षा उत्तिर्ण मितिको भोली पल्टको मिति राखेर दर्ता प्रमाणपत्र दिने, अस्थायी र स्थायी प्रमाणपत्रको मिति बिचको अन्तर हटाउने

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *