थपिए ६७२ कोरोना संक्रमित, ८ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन्।

देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र २०२ जना कोरोना संक्रमित भएका छन् जसमध्य काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जना संक्रमित भएका छन्।

त्यसैगरी, २४ घण्टामा देशभर ७७ हजार २०७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *