केडिसीमा निशुल्क स्वास्थ्य जाँच, कात्तिक १२ गते सम्म चल्ने

हेल्थपोस्ट नेपाल

कान्तिपुर जेनेरल तथा डेन्टल अस्पताल (केडिसि), बसुन्धारामा आजबाट निशुल्क स्वास्थ्य परीक्षण सुरु भएको छ।

अस्पताले स्त्री रोग तथा इन्टर्नल मेडिसिनको उपचार सेवा तीन दिनका लागि प्रदान गरेको हो।

आन्तरिक चिकित्सा विशेषज्ञ डा. बिक्रम कार्कीका अनुसार आज सुरु भएको स्वास्थ्य परीक्षणमा ५० भन्दा बढि मानिसले उपचार सेवा लिएका छन्।

बाथ रोग, मधुमेह, मुटु जस्ता रोग भएका बिरामीहरुले चिकित्सकसँग सल्लाह तथा परामर्श लिन आएको उनले बताए।

‘यस अस्पतालमा दाँतको मात्र नभई सामान्य रोग देखि जटिद रोगहरुको उपचार सुरु गरेको छ। १०० शैयाको यस अस्पतालले निकट भविष्यमा बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ तथा अपरेसन टिम पनि खडा गर्न लागेको छ,’ डा. कार्कीले भने।

त्यस्तै, निशुल्क स्वास्थ्य परीक्षण गर्दा उपचारमा ढिलाई गरिरहेका मानिस तथा पैसा तिर्न नसकेर घरमै बस्न बाध्य रहेका मानिसहरु उपचारमा आएको स्त्रीरोग विशेषज्ञ डा. सना फारुकले बताइन्।

उपचारका क्रममा धेरैजसो माहिलाहरुको महिनावारी नियमित नहुने, पाठेघरको समस्या तथा मेनोपजको समस्या लिएर आएको उनले बताइन्।

‘धेरै महिलाहरुलाई बच्चा नहुने समस्या, माहिनावारी र मेनोपज, पाठेघरको मुखको इन्फेक्सन देखि क्यान्सरको उपचारका लागि पनि आएका छन्। निशुल्क स्वास्थ्य परीक्षण गर्दा विरामीलाई सहजरुपमा चिकित्सकको परामर्श पाउँदछन्,’ डा. फारुकले बताइन्।

परीक्षण १२ गते सम्म चल्नेछ। अस्पतालका चिकित्सकहरुले बेलैमा स्वास्थ्य परीक्षण गर्न र निशुल्क परीक्षणको लाभ उठाउन आग्रह गरेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *