त्रिवि शिक्षण अस्पतालले माग्यो विभिन्न विभागका लागि चिकित्सक

त्रिवि शिक्षण अस्पतालले केही हाउस अफिसर पदमा करारका लागि आवेदन खुल्ला गरेको छ। अस्पताल एक सूचना जारी गर्दै आवेदनका लागि आह्वान गरेको हो ।
एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त डाक्टरले आवेदन दिन सक्नेछन्।
सूचनामा उल्लेख भएअनुसार आवेदन दिनेहरु पुरुषको हकमा ४० वर्ष ननाधेको र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।
योग्यता पुगेको इच्छुक व्यक्तिले १५ गते भित्र निवदेन दिइसक्नुपर्ने छ । निवेदन शुल्क २ हजार तोकिएको छ ।