चीनबाट आइपुग्यो १० लाख डोज भेरोसेल खोप

चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ।
खोप आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो।
नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ। सोही सम्झौताको पहिलो खेप आज आएको हो।
खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ।