ताप्लेजुङ कोरोनामुक्त

हेल्थपोस्ट नेपाल

ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ। पछिल्लो पटक संक्रमित भइ होमआइसोलेसनमा बसेका पाथिभरा याङ्कवरक गाउँपालिकाका पाँचजनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका संक्रमणमुक्त भइसकेका थिए। कोभिड-१९ को दोस्रो चरण सुरुआत भएपछि जिल्लामा २ हजार ५३१ संक्रमित भएका थिए। तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ संक्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ संक्रमित भएका थिए।

 

कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ। पिसीआर विधिबाट २ हजार २८८ र एन्टिजेनमार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *