वीरमा दुई बर्षदेखि बन्द भएको मिर्गौला प्रत्यारोपण पुन सुरू

हेल्थपोस्ट नेपाल

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ।

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुनः सुचारु भएको कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार मंगलबार सिराहाका ५० वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको हो। ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएकी हुन्।

देशमा पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो।

प्रत्यारोपण डा. अनिल श्रेष्ठ, पारश श्रेष्ठ र डा. रबिन बस्नेतको टोलीले गरेको हो।

‘कोरोना महामारीको पहिलो लकडाउन पछि प्रत्यारोपण सेवा रोकिएको थियो,’ डा. बस्नेतले भने, ‘ हामीले पुन सेवा सञ्चालनमा ल्याएका छौं। प्रत्येक हप्ताको मंगलबार एक जनाको प्रत्यारोपण गर्ने योजना बनाएका छौं।’

बिरामीको चापको आधारमा सातामा दुईजनासम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरी जुटेको डा. बस्नेतको भनाई छ।

‘मिर्गौला प्रत्यारोपण गर्ने सोचमा रहेका बिरामीलाई सेवा लिन आउन आग्रह गर्छु डा. बस्नेतले भने,‘ अबको दुई हप्तापछि प्रत्यारोपण गर्ने तयारीमा हामी जुटेका छौं।’

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा. पारसमणि श्रेष्ठ, डा.अनिल श्रेष्ठ, डा.रविन बस्नेत, डा. रजनी हाडा, डा. अनिल बराल लगायतका चिकित्सकहरु छन्।
वीरले १५७ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *