सरकारी छात्रवृत्तिमा पढेका डाक्टरले अब दुई वर्ष मात्र दुर्गममा काम गरे पुग्ने [फैसलाको पूर्णपाठ]
![सरकारी छात्रवृत्तिमा पढेका डाक्टरले अब दुई वर्ष मात्र दुर्गममा काम गरे पुग्ने [फैसलाको पूर्णपाठ]](https://www.healthpostnepal.com/wp-content/uploads/2020/12/supreme_court.jpeg)
सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका विद्यार्थी डाक्टरहरुले दुई वर्ष मात्र खटाएको ठाउँमा काम गरे पुग्ने फैसला गरेको छ।
अदालतले सोमबार एमबिबिएस पढेका डाक्टरहरुले २ वर्ष मात्र खटाएको स्थानमा काम गर्न भन्दै हालेको मुद्दाको अन्तिम फैसला सार्वजनिक गरेको हो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरुले हालेको मुद्दाको फैसला गर्दै सर्वोच्चले सो निर्णय गरेको हो।
न्यायाधिस अनिलक कुमार सिन्हा र डा कुमार चुडालले उक्त फैसला गरेका हुन्।
अदालतले हालसालै सार्वजनिक गरेको पूर्णपाठमा चिकित्सा शिक्षा ऐन अनुसार २ वर्षमात्र सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरे पुग्ने बताइएको छ।
हेर्नुस् फैसलाको पूर्णपाठ