सबैको पिरलो दाद

दाद हात खुट्टा, टाउको, छाला, दारी, नङ, पेटको तल्लो भाग र अण्डकोशमा बढी आउँछ । आयुर्वेदमा दद्रु र एलोपेथिकमा रिंगवर्म भनेर चिनिन्छ ।
कारण र लक्षण
यो रोगको कारणमा विभिन्न प्रकारको फंंगसले हुन्छ । जसको संक्रमणको कारण यो शरीरको विभिन्न अंगमा फैलिन्छ । छालामा दाद, सिक्का जस्तो गोलो आकारमा सानो सानो बिमिरा जस्तो देखिन्छ । तालु खुइले रोग जस्तो वरिपरिको रौं झर्छ, पुरानो विमिरा हराएर नयाँं बिमिरा निस्कनु, छाला मोटो हुनु, चिलाउनु मुख्यगरी दादका लक्षण हुन् ।
दादमा के खाने ?
- पुरानो गहूँं, चामल, मूगको दाल ।
- दूधमा गुलकन्द ।
- तरकारीमा वेथु, मूला, लसुन, आलु, प्याज ।
- फलमा अनार, कागती, गाजर, मेवा, केरा ।
- २ चम्चा नीमको पातको झोल बिहान बेलुका खाने ।
- चनाको पिठोको रोटी नून नमिसाइकन घीउ लगाएर सधै खाने ।
के नखाने ?
- धेरै तेलमा तारेको, पिरो, मसालेदार खाना ।
- नयाँ अन्नबाट बनेको खाना ।
- दही, अमिलो, अम्लिय पदार्थ ।
- मासु, माछा, सख्खर, तिल, रक्सी ।
रोग निवारणमा सहायक उपाय
के गर्ने ?
- हात खुट्टाको नङ सफा राख्ने वा काट्ने ।
- रोगीको टोपी, रुमाल, तौलिया, सिरानी, काइयो, टुथब्रस, लुगा अरुले नलगाउने ।
- दाद भएको ठाउँमा सफाई नीमको पातले सधै गर्ने ।
- व्यक्तिगत सफाईमा ध्यान दिने र सफा सुग्घर कपडा लगाउने ।
- छाला नड, औलाको बीच तथा चेप, हात, खुट्टा टाउकोको नियमित सफाई गर्ने र सधै नु्हाउने ।
- रातो खुर्सानीको तेल, मेवाको दूध वा मुलाको बीउलाई कागतीको रसमा पिसेर तातो बनाउने र दादमा बिहान बेलुका लगाउन
के नगर्ने ?
- दाद भएको ठाउँमा नङले नकन्याउने ।
- चिलाएको हातले शरीरको अन्य अंग नकन्याउने ।
- दादको सम्पर्कमा आएको कपडा सफा नगरी नलगाउने ।
- सधै नुहाउन अल्छी नगर्ने ।
- नुहाउँदा साबुनको प्रयोग कम गर्ने ।