भोलीबाट केडिसीमा निशुल्क स्वास्थ्य जाँच हुने

हेल्थपोस्ट नेपाल

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिर्सच सेन्टरमा दुइदिने निशुल्क स्वास्थ्य परीक्षण गरिँदैछ।

कात्तिक १० गते देखि १२ गतेसम्म बसुन्धारा स्थित अस्पतालले स्त्री तथा प्रसुती रोग तथा आन्तरिक चिकित्साको निशुल्क स्वास्थ्य जाँच गर्ने भएको हो।

स्त्री तथा प्रसुती विशेषज्ञ डा. सना फारुक र आन्तरिक चिकित्सा विशेषज्ञ डा. बिक्राम कार्कीले परामर्श गर्दैछन्।

आन्तरिक चिकित्साभित्र बाथ रोग, मृगौला, कलेजो, फोक्सो, मुटु, माँसपेशी, तथा नसारोग, थाइरोइड, मधुमेह, उच्च रक्तचापको उपचारसेवा उपलब्ध हुनेछ।

त्यस्तै, अस्पतालका अनुसार ल्याब परीक्षण गर्दा १५ प्रतिशत छुट पाइनेछ।

सिबिसि, युरिक एसिड, क्रेटिनिन, सोडियम, पोटासियम, रक्त समुह परीक्षण, थाइरोइड, मधुमेह, ए एस टी, ए एल टी, लिपिड प्रोफाइल र दिसा पिसाब परीक्षणमा १५ प्रतिशत छुट प्रदान गरिने भएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *