थपिए ६६६ नयाँ संक्रमित, ११ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको हो।

९७७१ जनाको पिअिसार परीक्षण गर्दा ५६९ र २२४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ। योसंगै देशभर मृत्युु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ।

देशभर ६२२ संक्रमित निको भई डिस्चार्ज भएका छन्।

देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर २१७ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७३ हजार ४२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

हालसम्म २८.४ प्रतिशत जनसंख्याले एक मात्रा र २२.१ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेको मन्त्रालयको तथ्याङ्कले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *