निर्वाचन समितिले भन्यो – मेडिकल काउन्सिलकाे लोगो राखी प्रचार नगर्नुहोस्

अहिले नेपाली चिकित्सक चुनावी माहोलमा छन्। नेपाल मेडिकल काउन्सिलको २०७८र०८२ सम्मको कार्यकालका लागि एक जना उपाध्यक्ष पद तथा आठ जना सदस्य पदका लागि आगामी मंसिर ३ र ४ गते उपत्यका बाहिर तथा मंसिर १० र ११ गते काठमाडौं उपत्यकाभित्र हुने निर्वाचन हुने भएको छ।
४ वर्षे कार्यकालका लागि एकजना उपाध्यक्षको पदमा तीन जना र आठजना सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दिएका चिकित्सकले विभिन्न योजना र प्रतिवद्धता सार्वजनिक गरिएका छन्।
उम्मेदारले निर्वाचन प्रसार–प्रसार सामग्रीमा काउन्सिलको लोगो प्रयोग गर्दै आएको गुनासो आएको छ।
निर्वाचन समितिले एक सूचना जारी गर्दै उम्मेदारलाई निर्वाचन प्रसार–प्रसार सामग्रीमा लोगो प्रयोग नगर्न सचेत गराएको छ।
‘विभिन्न उम्मेद्दारहरुले आफ्नो निर्वाचन प्रसार–प्रसार सामग्रीमा काउन्सिलको लोगो प्रयोग गरेको भन्ने गुनासो आएको र देखिएकोले उक्त कार्य नगर्ने तथा नगराउनुहुन उम्मेदारलाई सचेत गराइन्छ,’ सूचनामा भनिएको छ।