फाइजरको खोप कार्तिक २८ गतेदेखि लगाइने ,को–को छन् प्राथमिकतामा ?

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट आएको कोभिडविरुद्धको १ लाख ६२० डोज फाइजर खोप २८ कात्तिक देखि लगाइने भएको छ।
अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा राखिएको छ ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार कात्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म खोपको पहिलो डोज लगाइने बताए।
उनका अनुसार देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको छ। त्यसका लागि काठमाडौं उपत्यकाभित्र नौ र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको विभागले जनाएको छ।
उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइनेछ। फाइजर खोप पहिलो डोज लगाएको ३ देखि ४ हप्ताको बीचमा दोस्रो डोज लगाउनुपर्ने हुन्छ।
हाल प्रयोग भइरहेको खोपभन्दा यो फरक किसिमको भएकाले खोप व्यवस्थापन तथा भण्डारण गर्ने र लगाउने जनशक्तिलाई अभिमुखी तालिम सुरू भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जनाकारी दिए।
१२ बर्ष माथिका दीर्घ रोगीलाई लगाइनेबालबालिकालाई समेत लगाउन मिल्ने अमेरिका र युरोपमा बढी विश्वसनीय मानिएको यो खोपलाई नेपालमा भने १२ बर्ष माथिका दीर्घ रोगीहरुलाई लगाइने भएको छ।
खोप शाखा प्रमुख दाहालका अनुसार यो खोप १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई दिइनेछ।
१२ बर्ष माथिका दीर्घ रोगीहरु जस्तै : क्यान्सर, मधुमेह, मिर्गौला डायलाइसिस, मस्तिष्कघात भएका लगायतका बिरामी व्यक्तिहरु जो उपचारको लागि अस्पताल र अस्पताल बाहिर रहेका उनीहरुलाई फाइजरको खोप दिने योजना भएको दाहालले जनाकारी दिए।
फाइजरको खोप माइनस ८० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । केन्द्रीय खोप भण्डारण स्थलबाट खोप केन्द्रसम्म खोप लैजाँदा २ देखि ८ डिग्रीसम्मको तापक्रममा लान सकिनेछ। यसरी लगिएको फाइजर खोप करिब एक महिनाभित्रमा प्रयोग गरिसक्नु पर्ने छ।
सरकारले १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउने निर्णय गरेको छ। त्यसका लागि फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरिदका लागि सम्झौता भइसकेको छ।
दबै लगाएका 65 माथिका लाइ booster dose को ब्यबस्था होलानि भनेर अा शा गरेका छम ।