मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम (सूची सहित)

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका १३९ जना चिकित्सकको नाम हटाइएको छ।  काउन्सिलले नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट नाम हटाउने उद्धेश्यले चिकित्सकको तथ्यांक अद्यावधिक गरिरहेको छ।

जसमा हालसम्म १३७ जनाको चिकित्सकको मृत्यु भइसकेको र एक जना गलत कागजात पेश गरेको र अर्का एक जना निष्काशित चिकित्सक छन्।

काउन्सिलले नाम हटाइएका चिकित्सकहरुको विवरण आफ्नो वेवसाइटमा नाम प्रकाशित समेत गरेको छ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले अध्यावधिक प्रक्रिया निरन्तर चल्दै जाने जानकारी दिए।

काउन्सिल स्थापना भएको ५८ वर्षपछि चिकित्सकको विवरण अद्यावधिक भइरहेको हो।

मेडिकल काउन्सिल ऐनको दफा १३ अनुसार दर्ता किताब दुरुस्त राखी समय–समयमा नाम दर्ता भएका चिकित्सकको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्नुपर्ने हुन्छ। साथै निधन भएकाहरुको सदस्यताबाट नाम हटाउने र कुनै दर्तावाल चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नुपर्ने व्यवस्था ऐनमा छ।

काउन्सिलको पछिल्लो तथ्यांक अनुसार २८ हजार ४७७ चिकित्सक दर्ता भएका छन्। जसमा १७ हजार ९९५ पुरुष र १० हजार ४८२ महिला छन्।

जसमध्ये २० हजार चिकित्सकको मात्रै विवरण अद्यावधिक भएको जानकारी दिए। बाँकी ८ हजारको हाराहारीमा विवरण अद्यावधिक नभएको काउन्सिलले जनाएको छ।

गत असारमा काउन्सिलले एक सूचना निकाल्दै एक महिनाभित्र विवरण अद्यावधिक गराउन चिकित्सकलाई अनुरोध गरेको थियो। तर, चार महिना बित्न लागिसक्दा पनि चिकित्सकहरुले आफ्नो विवरण अद्यावधिक गरेका छैइनन्।

सूचना निकालेको एक महिनाभित्र विवरण नबुझाए काउन्सिलले ती चिकित्सकहरुलाई सचेत गराउँदै फेरि ३ महिनाको म्याद दिएर विवरण वुझाउन पत्र काट्ने ऐनमा व्यवस्था गरिएको छ।

त्यो ३ महिनामा पनि सम्पर्कमा नआए फेरि अर्को ३ महिनाको समय दिन्छ। दोस्रो पटकको थप गरिएको ३ महिनामा पनि कुनै जानकारी नआए रजिष्ट्रारले काउन्सिलको दर्ता किताबबाट त्यस्ता चिकित्सकको नाम हटाउन सक्ने व्यवस्था ऐनमा उल्लेख छ।



One thought on “मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम (सूची सहित)

  1. दिबंगत चिकित्सकहरुको आत्माको चिर शान्तिको कामना गर्दै “नाम हटाइएको” भन्ने अशोभनिय शब्द प्रयोग गर्ने NMC का बर्तमान जिम्मेवार पदाधिकारिज्युहरु संग “दर्ता रद्द गरिएको वा यस्तै सम्मान जनक शब्द” प्रयोग गरि सुचना सच्याउन हुन अनुरोध छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *