एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

हेल्थपोस्ट नेपाल

कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि काठमाडौं जिल्लामा लगाइँदैछ। काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ। यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ।

बाँकी स्थानीय तहमा तीन दिनसम्म खोप लगाउन पाइनेछ।

काठमाडौं महानगरको हकमा १० कात्तिकसम्म सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ। खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *